शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना भ्याक्सिन प्रमाणित हुनेबित्तिकै नेपालीले पनि प्रयोग गर्न पाइहाल्छन् : स्वास्थ्यमन्त्री

कोरोना भ्याक्सिन प्रमाणित हुनेबित्तिकै नेपालीले पनि प्रयोग गर्न पाइहाल्छन् : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोभिड-१९ विरुद्धको भ्याक्सिन प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपालीले पनि प्रयोग गर्न पाउने दाबी गरेका छन्। 
 |  मंगलबार, मंसिर ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०७७

काठमाडौं-  स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोभिड-१९ विरुद्धको भ्याक्सिन प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपालीले पनि प्रयोग गर्न पाउने दाबी गरेका छन्। 

विश्व प्रतिजैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा मन्त्री ढकालले खोप प्रमाणित भएलगत्तै ल्याउन सरकारले तयारी गरिरहेको जानकारी दिए।

अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुनेबित्तिकै भ्याक्सिन नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको मन्त्री ढकालले बताए। 

भ्याक्सिनको सहज उपलब्धताका लागि कानुन संशोधन गरेर सरकार अगाडि बढेको बताउँदै मन्त्री ढकालले भ्याक्सिन सहज रुपमा प्रयोग गर्न पाउने गरी आयात सहज बनाउन अध्यादेशमार्फत कानुन संशोधन गरिएको बताए।

मन्त्री ढकालले भने, ‘भ्याक्सिन सजिलै प्रयोगमा ल्याउन सकियोस् भनेर कानुनी बाटो खुला र सहज गरिएको छ। अन्य देशले आफ्ना नागरिकमा प्रयोग गर्नेबित्तिकै नेपाली जनताले पनि प्रयोग गर्न सकियोस् भनेर सरकारी र गैरसरकारी तर्फबाट पहल भइरहेको छ।’


 

प्रकाशित: Nov 24, 2020| 11:23 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।