शुक्रबार, भदौ २६, २०८३

बैतडीमा जिप दुर्घटना, पाँच जनाको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
 |  मंगलबार, मंसिर ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०७७

काठमाडौं– बैतडीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

झुलाघाटबाट गोठलापानीतर्फ जाँदै गरेको ना १ ज २१९६ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटना भएको हो। 

दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए। 

घाइते पाँच जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।

दुर्घटनामा बैतडीको सुर्नया गाउँपालिका–४ की ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका–४ का ७५ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका–५, बस्कोटका ७० वर्षीया पार्वतीदेवी चन्द, सोही ठाउँका ७२ वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका–२ का ५८ वर्षीय कृष्णलाल लावडको मृत्यु भएको छ। 

मृत्यु भएका सबैजना भारतबाट पेन्सन बुझेर फर्किएका व्यक्ति भएको प्रहरीले जनाएको छ। 

दशरथचन्द नगरपालिका–९ का ४६ वर्षीय खगेन्द्रप्रसाद जोशी, दोगडाकेदार गाउँपालिका–६ का ५० वर्षीय कृष्णानन्द भट्ट, दशरथचन्द नगरपालिका–२ देहिमाण्डौंका २२ वर्षीय प्रदिप लावड, दशरथचन्द नगरपालिका–५ का ३५ वर्षीय रविन्द्र चन्द र चालक दशरथचन्द नगरपालिका–४ का अन्दाजी ३५ वर्षीय गोपाल सिंह कार्की घाइते भएका छन्।

प्रकाशित: Nov 24, 2020| 09:37 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।