शुक्रबार, भदौ २६, २०८३

वीर अस्पतालमा पदाधिकारीलाई प्रवेश निषेध

विगत ३६ दिनदेखि आन्दोलनरत वीर अस्पतालका कर्मचारीले निर्देशकलागयत पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाएका छन्। 
 |  मंगलबार, मंसिर ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०७७

काठमाडौं- विगत ३६ दिनदेखि आन्दोलनरत वीर अस्पतालका कर्मचारीले निर्देशकलागयत पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाएका छन्। 

मुलुककाे जेठाे र पुरानाे अस्पतालका कर्मचारी गुणस्तरीय सुरक्षा सामग्री, तलब र जोखिम भत्ताको माग राखेर आन्दोलनरत छन्। 

माग सम्बोधन नगरेको भन्दै कर्मचारीले अस्पतालका निर्देशक लगायत पदाधिकारीलाई अस्पताल प्रवेश गर्न दिएका छैनन्। 

यसअगाडि पनि अस्पताल पदाधिकारीहरुलाई अस्पताल प्रवेशमा रोक लगाएपछि प्रशासनले सोमबार आन्दोलनरत कर्मचारीलाई वार्तामा बोलाएको थियो।

वार्तामा अस्पताल प्रशासनले कर्मचारीका माग सम्बोधन गर्ने प्रयास नगरेको वीर अस्पताल ट्रेड युनियन तथा पेसागत संगठनका सचिव दीपक मुडभरीले जानकारी दिए।

अब पनि प्रशासनले कुनै पहल नगरे वीर अस्पतालमा इमर्जेन्सी बाहेक अन्य सेवा बन्द गर्ने चेतावनी युनियनले दिएको छ। अस्पतालका स्वास्थ्यकर्मीहरूले दैनिक बिहान १० बजेदेखि १२ बजेसम्म धर्ना, नारा, जुलुसलगायतका गतिविधि गर्दै आएका छन्।
 

प्रकाशित: Nov 24, 2020| 08:25 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।