शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालिका बलात्कार र हत्या प्रकरण : स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, तीनजना घाइते

बालिका बलात्कार र हत्या प्रकरण : स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, तीनजना घाइते

महोत्तरीको बर्दिवासमा बालिका बलात्कारपछि हत्या गरिएको भन्दै स्थानीय प्रदर्शनमा उत्रिएपछि स्थिति तनावपूर्ण बनेको छ।
 |  मंगलबार, मंसिर ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०७७

काठमाडौं– महोत्तरीको बर्दिवासमा बालिका बलात्कारपछि हत्या गरिएको भन्दै स्थानीय प्रदर्शनमा उत्रिएपछि स्थिति तनावपूर्ण बनेको छ। बालिकाको शव राजमार्गमा नै राखेर स्थानीय प्रदर्शनमा उत्रिएका छन्। 

स्थिति तनावपू्र्ण बनेपछि प्रहरीले गोली चलाएको छ। गोली लागेर स्थानीय सञ्जय न्यौपाने, श्याम कार्की र अफताब आलम घाइते भएको बताइएको छ। घाइतेमध्ये सञ्जयकाे थप उपचारका लागि स्थानीय अस्पतालले काठमाडाैं रिफर गरेको छ।

बर्दिवास–१४ का सहिद अन्सारीकी ६ वर्षीया छोरी गुलबसा खातुनको सोमबार राति बोरामा राखेर फालिएको अवस्थामा आज बिहान शव भेटिएको थियो।

ती बालिका आइतबार साँझदेखि बेपत्ता भएकी थिइन्। प्रहरीले बालिकाको हत्या गरेको आशंकामा गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरिसकेको छ।

प्रकाशित: Nov 24, 2020| 08:23 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।