शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • म्यानपावर कम्पनीमा सरकारी छापा, कूटनीतिक गाडीसहित सञ्चालक पक्राउ

म्यानपावर कम्पनीमा सरकारी छापा, कूटनीतिक गाडीसहित सञ्चालक पक्राउ

वैदेशिक रोजगार विभागले आज मंगलबार लाजिम्पाटस्थित होप इन्टरनेसनल प्रालि नामक म्यानपावर कम्पनीमा छापा पारेको छ।
 |  मंगलबार, मंसिर ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०७७

काठमाडौं– वैदेशिक रोजगार विभागले आज मंगलबार लाजिम्पाटस्थित होप इन्टरनेसनल प्रालि नामक म्यानपावर कम्पनीमा छापा मारेको छ।

विभागबाट स्वीकृति नलिई कतार प्रहरीमा जागिर लगाइदिने भन्दै उक्त कम्पनीले विभिन्न व्यक्तिहरुको परीक्षा लिइरहेको सूचना पाएपछि विभागले छापा मारेको हो। 

विभागका अधिकृत कुशल बरालको नेतृत्वमा गएको टोलीले कम्पनीमा कूटनीतिक गाडीसहित केही सञ्चालक तथा अन्तर्वार्ता दिन आएका व्यक्तिहरुलाई पनि पक्राउ गरेको छ । गाडी कसले प्रयोग गरको हो भन्ने खुलेको छैन। 

कम्पनीको दर्ता नम्बर ८५७ ०६६–०६७ हो। कम्पनीबाट विभागको टोलीले १६ वटा अन्तर्वार्ताका लागि आएका फाइल पनि बरामद गरेको छ। कोरोना संक्रमणको समयमा पनि कतार प्रहरीमा अवसर पाउने भन्दै अन्तर्वार्ता दिन करिब ४०० सय जना युवा विभिन्न स्थानबाट भेला भएको विभागले जनाएको छ। 

विभागका निर्देशक टिकामणी न्यौपानेका अनुसार केही समय अघिदेखि विभागको स्वीकृति नलिई विदेश लैजाने भन्दै विभिन्न म्यानपावर कम्पनीले अन्तर्वार्ता लिइरहेको सूचना आएको थियो। त्यसपछि विभागले छापा मार्नका लागि टोली पठाएको हो। 

न्यौपानेका अनुसार विभागले हिजो सोमबार पनि एसओएस म्यानपावर र डीडी ह्युम्यान रिसोर्स कम्पनीमा छापा मारेको थियो। ती कम्पनीबाट पनि केही कागजात र सञ्चालक पक्राउ परेका छन्।

ती कम्पनीहरुले सोसल मिडिया र विभिन्न दलालमार्फत मानिसहरुबाट ८ लाख रुपैयाँसम्म असुल गरी अन्तवार्ता लिइरहेको र सो काम कानुनविपरीत भएकोले विभागले छापा मारेको निर्देशक न्यौपानेले नेपाल समयलाई जानकारी दिए। 
 

प्रकाशित: Nov 24, 2020| 07:33 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।