शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विश्वका सय प्रेरणादायक महिलाको सूचीमा नेपालकी किशोरी पनि

विश्वका सय प्रेरणादायक महिलाको सूचीमा नेपालकी किशोरी पनि

बेलायती प्रसारण निगम (बीबीसी) ले २०२० का लागि छनोट गरेको विश्वका १०० प्रेरणादायक र प्रभावशाली महिलाहरूको सूचीमा नेपालकी किशोरी पनि परेकी छिन् । 
 |  मंगलबार, मंसिर ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०७७

काठमाडौं- बेलायती प्रसारण निगम (बीबीसी) ले २०२० का लागि छनोट गरेको विश्वका १०० प्रेरणादायक र प्रभावशाली महिलाहरूको सूचीमा नेपालकी किशोरी पनि परेकी छिन् । 

​म्याग्दीको मंगला गाउँकी १८ वर्षीया सपना रोकामगर प्रेरणादायक र प्रभावशाली महिलाहरूको सूचीमा परेकी हुन् । 

​सपनाको संस्थाले बेवारिसे शवहरूलाई धार्मिक विधि पूरा गर्दै दाहसंस्कार गर्ने गरेको छ। पशुपति आर्यघाटमा उनीहरुले यो काम गर्दै आएका छन् । 

'अग्रगामी परिवर्तनका लागि फरक काम गर्दै आएका' प्रभावशाली महिलाहरूलाई वर्षेनी बीबीसीले यो सूचीमा समावेश गर्ने गर्छ। ​

यो सूची​ फिनल्याण्डमा महिलामात्रै सम्मिलित गठबन्धन सरकारको नेतृत्व गर्ने सुन्ना मारिनदेखि चलचित्रकी नायिका मिसेल योहोसम्म सूचीकृत भएका छन्‌। 
 

प्रकाशित: Nov 24, 2020| 05:14 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।