सोमबार, भदौ २९, २०८३

चार महिनामा व्यापार घाटा १२.४९ प्रतिशतले घट्यो 

चालु आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा १२.४९ प्रतिशतले घटेको छ। 
 |  मंगलबार, मंसिर ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०७७

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा १२.४९ प्रतिशतले घटेको छ। 

कात्तिक मसान्तसम्म व्यापार घाटा तीन खर्ब ६२ अर्ब पुगेको छ।  गत आर्थिक वर्षको सोही अवधिमा चार खर्ब १४ अर्ब रुपैयाँ व्यापार घाटा थियो। 

त्यस्तै कात्तिक मसान्तसम्म १०.६२ प्रतिशतले गिरावट भएर चार खर्ब दुई अर्ब रुपैयाँको आयात भएको छ।

गत आर्थिक वर्षको कात्तिक मसान्तसम्म चार खर्ब ५० अर्ब रुपैयाँ बराबरको आयात भएको भन्सार विभागले जनाएको छ। 

निर्याततर्फ भने १०.८१ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा निर्यात ३६ अर्ब रहेकोमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४० अर्ब २० करोड रुपैयाँ पुगेको विभागको तथ्यांकमा उल्लेख छ। 


 

प्रकाशित: Nov 24, 2020| 06:46 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्