शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रत्नपार्कको नाम परिवर्तन नगर्न माग गर्दै राप्रपाले बुझायो ज्ञापनपत्र 

रत्नपार्कको नाम परिवर्तन नगर्न माग गर्दै राप्रपाले बुझायो ज्ञापनपत्र 

राष्ट्रिय प्रजातन्त्र पार्टीले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन माग गर्दै काठमाडौं महानगरपालिकालाई  ज्ञापनपत्र बुझाएको छ।
 |  मंगलबार, मंसिर ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०७७

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन माग गर्दै काठमाडौं महानगरपालिकालाई  ज्ञापनपत्र बुझाएको छ।

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको नेतृत्वको टोलीले मंगलबार बिहान महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीलाई ज्ञापनपत्र बुझाएको हो। 

काठमाडौं महानगरपालिकाले इतिहास मेट्न खोजेको भन्दै राप्रपा काठमाडौंले त्यस्तो कार्य नगर्न सचेत पनि गराएको छ।  

काठमाडौं उपत्यकाको केन्द्रमा रहेको पार्कको नाम रानी रत्नको नामबाट राखिएको हो। 

आम प्रचलनमा रहेको नाम परिवर्तन गर्नु गलत भएको भन्दै राप्रपा काठमाडौंले नाम परिवर्तनको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ। 

राष्ट्रिय विभूति शंखधर साख्वाको नाममा नयाँ ठाउँमा भव्य पार्क बनाउन र त्यसमा पार्टीले सक्दो सहयोग गर्ने पनि राप्रपाले जनाएको छ। 
 

प्रकाशित: Nov 24, 2020| 05:51 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।