काठमाडौं– मंगलबार सुनको मूल्य प्रतितोला १८ सयले घटेको छ।
आइतबार र सोमबार ९४ हजार ३०० मा कारोबार भएको सुनको मूल्य आज ९२ हजार ५०० कायम भएको हो।
तेजाबी सुनको मूल्य पनि तोलामा १८ सय रुपैयाँले कमी आएको छ। आज ९२ हजारमा कारोबार भइरहेको तेजाबी सुन आइतबार र सोमबार ९३ हजार ८०० मा कारोबार भएको थियो।
चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेको छ। सोमबार एक हजार २१० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार १८० तोकिएको छ।