शुक्रबार, भदौ २६, २०८३

पथरीका पूर्व अध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

मोरङको पथरीका पूर्व अध्यक्ष ६६ वर्षीय तिलक वान्तवा राईको कोरोना संक्रमणबाट मंगलबार विहान मृत्यु भएको छ। 
 |  मंगलबार, मंसिर ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०७७

विराटनगर– मोरङको पथरीका पूर्व अध्यक्ष ६६ वर्षीय तिलक वान्तवा राईको कोरोना संक्रमणबाट मंगलबार विहान मृत्यु भएको छ। 

राईलाई गत कात्तिक २१ गते कोरोना संक्रमण देखिएको थियो। संक्रमण देखिएपछि केहीदिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारपछि होम आईसोलेसनमा बस्नेगरि फर्किएको पारिवारिक श्रोतले जनाएको छ। 

५ दिनअघि स्वास प्रश्वासमा समस्या देखिएपछि मोरङ बुढीगंगाको विराट मेडिकल कलेजमा भेन्टिलेटरमा उपचाररत राईको मंगलबार विहान मृत्यु भएको पथरीशनिश्चरेका स्वास्थ्य प्रमुख मुरारी आचार्यले बताए। 

राई पथरीको पहिलो जननिर्वाचित अध्यक्ष हुन्। उनका ४ छोरी, २ छोरा र श्रीमती छन्। राईका छोरा दिपक राई नेपाली राष्ट्रिय फुटवल टिमका खेलाडी हुन्। 
 

प्रकाशित: Nov 24, 2020| 03:04 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।