शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना फैलिएपछि पाकिस्तानमा फेरि शैक्षिक संस्थाहरू बन्द, सबै परीक्षा स्थगित

कोरोना फैलिएपछि पाकिस्तानमा फेरि शैक्षिक संस्थाहरू बन्द, सबै परीक्षा स्थगित

कोरोना भाइरसका सङ्क्रमितहरूको संख्यामा वृद्धि हुँदै गएपछि पाकिस्तानमा फेरी शैक्षिक संस्थाहरू बन्दको घोषणा गरिएको छ। 
 |  मंगलबार, मंसिर ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०७७

कराँची- कोरोना भाइरसका सङ्क्रमितहरूको संख्यामा वृद्धि हुँदै गएपछि पाकिस्तानमा फेरी शैक्षिक संस्थाहरू बन्दको घोषणा गरिएको छ। 

सरकारी अधिकारीहरूले सोमबार गरेको घोषणा अनुसार आगामी बिहीबारदेखि शैक्षिक संस्थाहरू बन्द हुने भएका हुन्। घोषणामा शैक्षिक संस्था अर्को बर्षको जनवरी १० तारिखसम्म बन्द गर्ने उल्लेख गरिएको छ। 

शैक्षिक संस्थाहरू बन्द हुने भएपछि अहिले तय गरिएका सबै परीक्षाहरू पनि स्थगित गरिएको अधिकारीहरूले जानकारी दिएका छन्। 

पाकिस्तानमा कोरोनाबाट ३ लाख ७६ हजार ९ सयभन्दा धेरै संक्रमित भएका छन् भने ७ हजार ६ सय ९६ जनाको मृत्यु भएको छ । पछिल्लो समय पाकिस्तानमा दिनहुँ २५ सयदेखि ३ हजारसम्म संक्रमित थपिने गरेको छ ।
 
पछिल्लो २४ घण्टामा अर्थात सोमबार मात्रै २ हजार ७ सय ५६ जना संक्रमित थपिएका छन् भने ३४ जनाको मृत्यु भएको छ । यस्तै आइतबार २ हजार ६ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ भने ५९ जनाको मृत्यु भएको छ। 

संक्रमण र मृत्युदर बढ्दै गएपछि पाकिस्तानमा सबै शैक्षिक संस्था र परिक्षा बन्द गरिएको हो । 

प्रकाशित: Nov 24, 2020| 01:29 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।