सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिटी एक्सप्रेस मनी ट्रान्सफर अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल

सिटी एक्सप्रेस मनी ट्रान्सफर अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल

सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही नोभेम्बर १८,  २०२० मा अमेरिकाको फ्लोरिडामा आयोजित रेमटेक अवार्डस २०२० मा पपुलारिटी अवार्ड जित्न सफल भएको छ। 
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही नोभेम्बर १८,  २०२० मा अमेरिकाको फ्लोरिडामा आयोजित रेमटेक अवार्डस २०२० मा पपुलारिटी अवार्ड जित्न सफल भएको छ। 

रेमिट्यान्स क्षेत्रमा नेपालबाट सामाजिक प्रभावका निम्ती अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको यो पहिलो पटक हो । यस कार्यक्रममा संसारभरबाट ३२ प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा प्रभावकारी एवं कानुनी उत्तरदायित्व बहन गरी विश्वासिलो सेवा प्रदान गर्दै समाजमा सकारात्मक प्रभाव पार्न सफल भएको कारणबाट उक्त अवार्ड जित्न सफल भएको हो । 

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १४ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत छिटो, छरितो एवं विश्वासिलो तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।
  
 

प्रकाशित: Nov 23, 2020| 10:51 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्