काठमाडौं– एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि.उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मानित भएको छ।
जाजरकोटमा आइतबार आयोजित एक कार्यक्रमका बिच एनआईसी एशिया लघुवित्त वित्तीय संस्थालाई प्रमुख कर अधिकृत डा.राम प्रसाद मैनालीले सम्मान गरेका थिए।
जाजरकोट जस्तो विकट जिल्लामा केन्द्रीय कार्यालय रहेर पनि देशभर व्यावसायिक सेवा सुविधा प्रदान गरिरहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वोत्कृष्ट आयकर सहभागिता जनाई उत्कृष्ट भएको हो।
कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा केन्द्रिय कार्यालय स्थापना गरी देशैभरि शाखा संचालन विस्तार गरि छोटो अवधिमा नै सरकार प्रतिको दायित्वमा आयकर मार्फत उत्कृष्ट योगदान गर्न सफल भएकोमा गौरवान्वित भएको कम्पनीले जनाएको छ ।
संस्थाले हालसम्म संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करिव रु ११ लाख र आयकर अन्तर्गत करिव रु. ८ करोड ४६ लाख गरी राजस्वमा जम्मा रु ८ करोड ५७ लाख योगदान गरेको छ ।