सोमबार, भदौ २९, २०८३

सनराइज बैंकले ८.२८ प्रतिशत लाभांश दिने

सनराइज बैंकले आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनााफाबाबाट लाभांश घोषणा गरेको छ। 
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

काठमाडौं- सनराइज बैंकले आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनााफाबाबाट लाभांश घोषणा गरेको छ। 

मंसिर ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८.२८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमध्ये ५.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी २.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

 

 

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । बैंकको हालको चुक्ता पुँजी ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६ रुपैयाँ छ। 

प्रकाशित: Nov 23, 2020| 07:21 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्