शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जसपामा संसदीय दलको नेता चयन गर्न निर्वाचन आयोगको ताकेता, प्रक्रिया अझै सुरु हुन सकेन

जसपामा संसदीय दलको नेता चयन गर्न निर्वाचन आयोगको ताकेता, प्रक्रिया अझै सुरु हुन सकेन

प्रदेश- २ मा जनता समाजवादी पार्टीको संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन आयोगले बारम्बार ताकेता गरे पनि अहिलेसम्म प्रक्रिया सुरु हुन सकेको छैन।
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

जनकपुर- प्रदेश- २ मा जनता समाजवादी पार्टीको संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन आयोगले बारम्बार ताकेता गरे पनि अहिलेसम्म प्रक्रिया सुरु हुन सकेको छैन।

संसदीय दलको नेता बन्न नेताहरु बीच प्रतिस्पर्धा भइरहेकाले पनि चयन गर्न कठिनाई भईरहेको हो।

संसदीय दलको नेता नै प्रदेशको मुख्यमन्त्री बन्ने प्रवधानका कारण पार्टीमा संसदीय दलको नेता चयन गर्न कठिनाई भइरहेको जसपाका एक नेताले बताए।

राजपा र समाजवादी पार्टीको एकीकरण भएर जसपा बनेपछि संसदीय दलको नेता अझै चयन हुन सकेको छैन। जबकी प्रदेश २ मा जसपाकै सरकार छ। 

संसदीय दलको नेता चयन गर्नका लागि समस्या भएपछि केही साता अगाडि जनकपुरधाममा अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा बसेको बैठकले विधान मस्यौदा समिति गठन गरेको थियो।

मनिषकुमार सुमन, उपेन्द्र महतो, रानि शर्मा तिवारी, रामअशिष यादव सहितको समितिले गत कार्तिक १८ गते नै विधानको मस्यौदा अध्यक्षद्वय ठाकुर र यादवलाई बुझाई सकेको छ। तर उक्त मस्यौदा अहिलेसम्म पारित भएको छैन।

समितिका सदस्य यादवले विधानको मस्यौदा पार्टी नेतृत्वलाई बुझाई सकिएको जानकारी दिंदै भने ‘पार्टीले गर्ने निर्णय अनुसार चाँडै नै संसदीय दलको नेता छनौट गर्नका लागि निर्वाचन प्रक्रिया अगाडि बढ्छ ।’

स्रोतका अनुसार संसदीय दलका नेता छनौट गर्नका लागि बनाइएको मस्यौदा विधानमै विवाद भएको छ।

जसपा प्रदेश- २ को संसदीय दलका नेता बन्नका लागि मुख्यमन्त्री लालबाबु राउत,  जितेन्द्र सोनल,  उपेन्द्र महतो, मनिष सुमन लगायतका नेताहरु अकांक्षी छन् ।

प्रकाशित: Nov 23, 2020| 07:09 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।