सोमबार, भदौ २९, २०८३

रेमिटेन्स कारोबारमा आइएमईलाई लगातार चौथो सम्मान 

आइएमई रेमिट रेमिटेन्स कम्पनीतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ। 
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

काठमाडौं– आइएमई रेमिट रेमिटेन्स कम्पनीतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ। 

आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा आइतबार रेमिटेन्स क्षेत्रमा पहिलो कम्पनी बन्न सफल भएकोमा आइएमईलाई सम्मान गरेको हो।

रेमिटेन्स कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा आइएमईले पाएको यो लगातार चौथो सम्मान हो। 

विदेशबाट बैंकिङ सञ्जालमार्फत रेमिटेन्स नेपाल भित्र्याउने उद्देश्यले २० वर्षअघि आइएमई स्थापना भएको थियो। 

अहिले २२५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सवएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् रेमिटेन्स कारोबार गर्दै आइरहेको छ। 
 

प्रकाशित: Nov 23, 2020| 06:57 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्