शुक्रबार, भदौ २६, २०८३

धरानमा २५ वर्षीय युवकसहित २ जनाको कोरोनाबाट मृत्यु

 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

धरान-  धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

इलाम नगरपालिका १ का २५ वर्षीय युवक र सुनसरीका ६७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
 
२५ वर्षीय युवाको आइतबार राति मृत्यु भएको हो भने ६७ वर्षीय पुरुषको सोमबार (आज) बिहान मृत्यु भएको हो । 

सुनसरीका ६७ वर्षीय पुरुषको कात्तिक २६ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । 

स्वास्थ्य अवस्थामा समस्या देखिएपछि उनलाई मंसिर १ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो। उनमा मधुमेहको पुरानै समस्या थियो ।

यस्तै २५ वर्षीय युवामा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । उनमा फोक्सो र घुँडामा समस्या पहिलेदेखि नै थियो ।

योसँगै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ ।

प्रकाशित: Nov 23, 2020| 05:10 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।