शुक्रबार, भदौ २६, २०८३

भोलिबाट थप चिसो बढ्ने, हिमपातको सम्भावना

पश्चिमी क्षेत्रबाट भित्रिएको पश्चिमी बायुका कारण भोलिबाट थप चिसो बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण भोलिबाट थप चिसो बढ्ने भएको छ । 

पश्चिमी क्षेत्रबाट भित्रिएको पश्चिमी बायुका कारण भोलिबाट थप चिसो बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदुरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा बादल लागेको छ ।

उक्त बादल भोलिबाट गण्डकी र बाग्मती प्रदेशमा प्रवेश गर्ने महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाले जानकारी दिए ।

उनका अनुसार भोलि (मंगलबार) काठमाडौं उपत्यकासहितका गण्डकी र बाग्मती प्रदेशका पहाडी भूभागमा बादल लाग्ने छ भने पश्चिमी क्षेत्रका उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने सम्भावना छ । मनाङ, मुस्ताङ, हुम्ला, जुम्लालगायतका स्थानमा हिमपातको सम्भावना रहेको उनले बताए । 

पश्चिमी वायुको प्रभाव बिहीबारसम्म कायम रहने उनले बताए । बुधबार काठमाडौं उपत्यकामा घाम लाग्ने सम्भावना कमजोर रहेको वरिष्ठ मौसमविद् सापकोटाले जानकारी दिए । 

आज काठमडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस छ भने जुम्लाको न्यूनतम तापक्रम माइनस ३ डिग्री रहेको महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको  उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहेको महाशाखाले जनाएको छ । 

प्रकाशित: Nov 23, 2020| 03:49 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।