शुक्रबार, भदौ २६, २०८३

मापसे गरेर कुटाकुट गर्दा एक जनाको मृत्यु 

शनिबार राति दुई जनाबीच मापसेपछि  कुटाकुट हुँदा रोल्पा नगरपालिका वडा नं ५ छाप बस्ने भीमराज घर्तीको आइतबार ज्यान गएको हो। 
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

रोल्पा- मादक पदार्थ सेवन गरी एकापसमा कुटाकुट हुँदा एक जनाको ज्यान गएको छ। 

शनिबार राति दुई जनाबीच मापसेपछि  कुटाकुट हुँदा रोल्पा नगरपालिका वडा नं ५ छाप बस्ने भीमराज घर्तीको आइतबार ज्यान गएको हो। 

कुटाकुटका क्रममा घाइते भएका ५६ वर्षीय घर्तीलाई उपचारका लागि पहिले राप्ती विज्ञान प्रतिष्ठान दाङ र पछि मेडिकल कलेज कोहलपुरतर्फ लैजादै गर्दा आइतबार बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख नरेश सुवेदीले बताए। 

कुटाकुटमा संलग्न सोही ठाउँ बस्ने  २८ वर्षीय मोहन विकलाई प्रहरीले नियन्त्रणमा लिई  अनुसन्धान गरिरहेको जनाइएको छ। –रासस
 

प्रकाशित: Nov 23, 2020| 02:00 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।