शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फाइजरको कोरोना भ्याक्सिन अमेरिकामा यही डिसेम्बरदेखि लगाउन सुरु गरिने

फाइजरको कोरोना भ्याक्सिन अमेरिकामा यही डिसेम्बरदेखि लगाउन सुरु गरिने

यसअघि अमेरिकाले रिजेनेरानले तयार गरेको एन्टिबडीलाई आपतकालीन स्वीकृति दिएको थियो। उक्त एन्टिबडी कोरोना संक्रमण भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि दिइएको थियो। 
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

अमेरिकामा यही डिसेम्बर ११ देखि आम मानिसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन पाउने भएका छन्। त्यहाँको कोरोना भाइरस भ्याक्सिन कार्यक्रमका प्रमुख डा. मोनसेफ सलोईका अनुसार भ्याक्सिनले स्वीकृति पाएको २४ घण्टाभित्रै त्यसलाई भ्याक्सिनेसन सेन्टरमा पुर्‍याउने योजना छ। 

अमेरिकामा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेका बेला डा. सलोईको यो भनाइ आएको छ। जोन हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ १ करोड २० लाख मानिस कोरोनाबाट संक्रमित भइसकेका छन्। मृत्यु हुनेको संख्या २ लाख ५५ हजार नाघिसकेको छ। मृतकको संख्या अन्य देशको तुलनामा कैयौं बढी हो। 

औषधि कम्पनी फाइजर र बायोएनटेकले कोरोना भ्याक्सिनको आपतकालीन स्वीकृतिका लागि अमेरिकामा निवेदन दिएका छन्। आफ्नो कम्पनीले तयार गरेको भ्याक्सिनले ६५ वर्षभन्दा बढी उमेरका मानिसमा ९४ प्रतिशत काम गरेको उसको दाबी छ। २०२० मा ५ करोड र २०२१ मा १ अर्बं ३ करोड डोज भ्याक्सिन तयार गर्ने फाइजरले बताएको छ। एकजनाले कोरोनाको दुई डोज भ्याक्सिन लिनुपर्ने हुन्छ।

अमेरिकामा भ्याक्सिनको स्वीकृतिका लागि १० डिसेम्बरमा खाद्य एवं औषधि प्रशासन (एफडीए) को बैठक बस्दैछ। डा. सलोईले सीएनएनसँग भने, ‘भ्याक्सिनले स्वीकृति पाउनेबित्तिकै भोलिपल्टदेखि नै मानिसहरुलाई लगाउन सुरु गरिनेछ।’ २०२१ मे सम्ममा ७० प्रतिशत मानिसलाई अमेरिकामा भ्याक्सिन दिइने योजना रहेको उनले सुनाए। 

यसअघि अमेरिकाले रिजेनेरानले तयार गरेको एन्टिबडीलाई आपतकालीन स्वीकृति दिएको थियो। उक्त एन्टिबडी कोरोना संक्रमण भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि दिइएको थियो। 

यसैबीच, विश्वका धनी देशहरुको संगठन जी२० का नेताहरुले विश्वभर कोरोना भ्याक्सिनको उचित वितरण सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन्। 

प्रकाशित: Nov 23, 2020| 00:07 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।