शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस क्रियाशील सदस्यताको काम मङ्सिर २० सम्म सक्ने निर्णय

कांग्रेस क्रियाशील सदस्यताको काम मङ्सिर २० सम्म सक्ने निर्णय

कांग्रेस कास्कीले पार्टीको क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको काम मङ्सिर २० गतेसम्म सक्ने भएको छ।
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

कास्की– कांग्रेस कास्कीले पार्टीको क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको काम मङ्सिर २० गतेसम्म सक्ने भएको छ।

कास्की कांग्रेसका पदाधिकारी, पार्टीका क्षेत्रीय, प्रदेशसभा र पोखरा महानगर समितिका सभापतिसहित आइतबार सम्पन्न बैठकले मङ्सिर १५ गतेसम्म क्रियाशील सदस्यता नवीकरण र मङ्सिर २० गतेसम्म नयाँ सदस्यता वितरण सक्ने निर्णय गरेको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए। 

निर्धारित समयावधि भित्र काम सक्ने गरी जिल्ला, क्षेत्र, प्रदेश र वडाले काम गर्ने बताउँदै उनले केन्द्रको निर्देशनानुसार तोकिएको समयभित्र काम सक्ने गरी अघि बढेको बताए। 

यस अघि कात्तिक २८ गतेको केन्द्रीय कार्यसमितिको बैठकले सदस्यता नवीकरण र  नयाँ सदस्यता वितरणको काम मङ्सिर मसान्तसम्म सक्न देशभरका जिल्ला कार्य समितिलाई निर्देशन दिएको थियो।

बैठकले सरकार पार्टीको आन्तरिक द्वन्द्वमा रुमलिँदा कोरोना महामारी नियन्त्रणप्रति गैरजिम्मेवार बनिरहेको र सङ्क्रमितले उपचारसमेत नपाउने अवस्था भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

महामारीका बेला समस्यामा परेका नागरिकको सहयोगमा जुट्न पार्टीका सबै निकायलाई निर्देशन दिँदै निजी अस्पतालमा कोरोना सङ्क्रमितको उपचार व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरिएको छ।

प्रकाशित: Nov 22, 2020| 16:44 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।