शुक्रबार, भदौ २६, २०८३

केसीको ठाउँमा मोहन प्रसाद पाण्डे सांसद निर्वाचित

कांग्रेसका तर्फबाट प्रतिनिधि सभामा रिक्त समानुपातिक सांसदमा स्याङ्जाका मोहनप्रसाद पाण्डे निर्वाचित भएका छन्। 
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

पोखरा– कांग्रेसका तर्फबाट प्रतिनिधि सभामा रिक्त समानुपातिक सांसदमा स्याङ्जाका मोहनप्रसाद पाण्डे निर्वाचित भएका छन्। 

प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको कात्तिक १७ गते निधन भएपछि त्यो पद रिक्त थियो। केसी खस आर्य कोटाबाट समानुपातिक सांसद बनेका थिए। 

निर्वाचन आयोगमा कांग्रेसले बुझाएको समानुपातिकको बन्दसूचीमा केसीपछि पाण्डेको नाम रहेकोले उनी निर्वाचित भएको आयोगका निर्वाचन अधिकृत देवकुमारी गुरागाइँले बताइन्। 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार ०७४ को आम निर्वाचनमा कांग्रेसबाट खस आर्य पुरुषमध्ये ५ जना सांसद बनेका थिए। पाण्डेको नाम छैटौं नम्बरमा थियो।

संघीय संसद सचिवालयले सांसद निधनको जानकारीसहित आवश्यक प्रक्रिया पूरा गरेपछि आयोगले पाण्डे निर्वाचित भएको घोषणा गरेको हो। 

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक गरेका पाण्डे पहिलो संविधानसभा सदस्य हुन्। त्यतिबेला उनी स्याङ्जा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। पाण्डे स्याङ्जाको बिर्घाका बासिन्दा हुन्। 

०३७ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा थालेका पाण्डे ०४३ सालमा त्रिभुवन वहुमुखी क्याम्पस, पाल्पामा नेविसंघका सभापति भएका थिए। 

नेवि संघका केन्द्रीय सदस्य समेत रहिसकेका, कांग्रस क्षेत्रीय सभापति भइसकेका छन्। 
 

प्रकाशित: Nov 22, 2020| 14:30 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।