शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फेरिए काठमाडौ, भक्तपुर र धनुषाका प्रमुख जिल्ला अधिकारी 

फेरिए काठमाडौ, भक्तपुर र धनुषाका प्रमुख जिल्ला अधिकारी 

गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ।
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

काठमाडौं- गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ।

काठमाडौं, भक्तपुर र धनुषाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरिएको गृहमन्त्रालयले जनाएको छ। 

मन्त्री स्तरीय निर्णयबाट उनीहरुको सरुवा भएको हो। काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा काली पराजुलीलाई ल्याइएको छ। अहिले कार्यरत रहेका जनक राज दाहालको गृहमन्त्रालयमा सरुवा भएको छ।

त्यस्तै भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा प्रेमप्रसाद भट्टराईलाई ल्याइएको छ। उनी जिल्ला प्रशासन कार्यालय धनुषामा प्रजिअका रूपमा कार्यरत थिए।

भक्तपुरमा कार्यरत हुमकला पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। धनुषाबाट भट्टराईको भक्तपुर सरुवा गरिएपछि त्यहाँ बन्धु बाँस्तोलालाई पठाइएको छ।

प्रकाशित: Nov 22, 2020| 14:09 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।