सोमबार, भदौ २९, २०८३

नोकिया ३.४ नेपाली बजारमा

काठमाडौं- नेपाली बजारमा नोकिया ३.४ उपलब्ध हुन थालेको छ।
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

काठमाडौं- नेपाली बजारमा नोकिया ३.४ उपलब्ध हुन थालेको छ।

एचएमडी ग्लोबलले स्थिर प्याकेजमा विश्वसनीयता, प्रिमियम डिजाइन र एन्ड्रोइडको सर्वश्रेष्ठ संयोजनको सफल यात्रा जारी राख्न सो फोन घोषणा गरेको हो ।

लामो समयदेखि प्रतिक्षा गरिएको नोकिया ३.४ एक शक्तिशाली प्रोसेसरको साथ आउँछ । नयाँ क्वालकम स्नैपड्रैगन ४६० मोबाइल प्लेटफार्म रहेको फोनले सुलभ मूल्यमा कडा प्रदर्शन अपग्रेड ल्याएको हो ।

 

 

श्रृंखलामा पहिलो पन्च—होल डिस्प्लेको साथ अल्ट्रा—वाइड लेन्स र एआई इमेजिङको साथ यसमा एक शक्तिशाली ट्रिपल रियर क्यामेरा छ । यो अतिरिक्त स्क्रिन रियल स्टेटसँग जोडिएको छ । यसमा दुई दिनसम्म टिक्ने ब्याट्री छ ।

नोकिया ३.४ एन्ड्रोइड वनको साथ आउँदछ, यसमा तीन बर्षको मासिक सेक्यूरिटी अपडेट र दुई वर्षको ओएस अपग्रेड छ । यो फोनलाई प्रिमियम, टाइमलेस डिजाइनको साथ स्टनिङ नोर्डिक प्रेरित इरिडसेन्ट रंगले समेटेको छ ।

यसमा ६.३९ इन्च एचडी प्लस स्क्रिन छ । फोनको क्यामेरामा पोट्रेट मोड, नाइट मोड, ५ एमपीको अल्ट्रा—वाइड मोड आदि छन् । नोकिया ३.४ मा दुई दिनसम्म टिक्ने ४ हजार एमएएच ब्याट्री दिइएको छ ।

यसको फिनिस वास्तविक मात्र महसुस नभएर राम्रो पनि देखिन्छ । थ्रीडी नानो—टेक्स्चर्ड रियर कभर तथा फिनिसले गर्दा फोन समात्दा सहज हुन्छ । फोन नयाँ रंग प्यालेट प्रस्तुत भएको नोर्डिकको प्राकृतिक सौन्दर्यबाट प्रेरित ग्रे रंगमा आउँछ । यसमा पूर्ण रिसाइकल योग्य डाई कास्ट धातु चेसिस र सिमलेस टिकाउ संरचना छ । फोन साँच्चै प्रिमियम देखिन्छ ।

फोनले एन्ड्रोइड वनले गर्दा सुव्यवस्थित ईन्टरफेस र शुद्ध सफ्टवेयर अनुभव प्रदान गर्दछ ।

फोन मंसिर ७ गतेदेखि उपलब्ध हुनेछ । ३ जीबी र्‍याम र ६४ जीबी मेमोरी कन्फिगरेसनको फोन १८ हजार ६ सय ९९ रुपैयाँमा पाइने बताइएको छ।

प्रकाशित: Nov 22, 2020| 13:16 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्