सोमबार, भदौ २९, २०८३

४.६९ अंकले बढ्यो नेप्से, ६ अर्ब ९० करोडको कारोबार 

आइतबार सेयर बजार परिसूचक (नेप्से) ४.६९ अंकले बढेको छ। 
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

काठमाडौं– आइतबार सेयर बजार परिसूचक (नेप्से) ४.६९ अंकले बढेको छ। 

बढेको बजार १७८२.८१ अंकमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स २ अंकले बढेर ३४५.०७ विन्दुमा पुगेको छ। 

आज २०१ कम्पनीको १ करोड ६० लाख सेयर खरिदबिक्री हुँदा ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

आइतबार बैंकिङ समूहको उपसूचक २९.४४, विकास बैंक १३.४६ र अन्य १.३५ अंकले बढेको छ। 

व्यापार १२४.७७, होटल ८४.४९, जलविद्युत् २१.४३, फाइनान्स ४.१७, निर्जिवन बिमा २४३.१४, उत्पादन ८९.२९, माइक्रोफाइनान्स ४.८८, जीवन बिमा २७८.८१ र म्युचुअल फण्ड समूहको उपसूचक ०.२७ अंकले घटेको छ। 

आज सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने माउन्टेन हाइड्रो लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।  
 

प्रकाशित: Nov 22, 2020| 10:23 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्