काठमाडौं– बाजुराको बूढीगंगा नगरपालिकामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ।
बूढीगंगाको बाहुनबाडा, सेरालाबाडा र बसाली गाउँमा शनिबारदेखि राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् बलेको हो।
विद्युत् प्राधिकरण बाजुरा वितरण केन्द्रका अनुसार पहिलो चरणमा ५२ घरधुरीले विद्युत् सेवा पाएका छन्।
चालु आर्थिक वर्षभित्र बाजुराका ९ वटै स्थानीय तहमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुर्याउने लक्ष्य छ।
यसअघि बाजुराका केही स्थानीय तहमा लघु तथा साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रयोग हुँदै आएको थियो।