सोमबार, भदौ २९, २०८३

तीन सयले बढ्यो सुनको मूल्य, प्रतितोला ९४ हजार ३ सय

शुक्रबार डेढ महिनायताकै सस्तोमा कारोबार भएको सुन आज ३ सय रुपैयाँले बढेर तोलामा ९४ हजार ३ सय पुगेको हो ।
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

काठमाडौं- साताको पहिलो दिन आइतबार सुनको मूल्य  तीन सय रुपैयाँले बढेको छ ।

शुक्रबार डेढ महिनायताकै सस्तोमा कारोबार भएको सुन आज ३ सय रुपैयाँले बढेर तोलामा ९४ हजार ३ सय पुगेको हो । तेजाबी सुन ९३ हजार ८ सय मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार छापावाल सुनको मूल्य ९४ हजार र तेजावी सुनको मूल्य  ९३ हजार ५०० मा झरेको थियो । अघिल्लो हप्ता लगातार सुनको मुल्यमा गिरावट आएको थियो । 

यस्तै आइतबार सुनको भाउ बढ्दा चाँदी भने स्थिर छ। शुक्रबार तोलाको १ हजार २ सय १० मा कारोबार भएको भएको चाँदीको मूल्य आज पनि उही छ।

कोरोना भाइरस विरुद्धको केही खोपहरूमा आशा पलाएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थालेपछि नेपालमा पनि सुनको मुल्यमा गिरावट आएको महासंघले जनाएको थियो । 

प्रकाशित: Nov 22, 2020| 05:45 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्