सोमबार, भदौ २९, २०८३

चन्द्र ढकालको टीमलाई निर्यात व्यवसायी महासंघको साथ

काठमाडौं– निर्यात व्यवसायी महासंघ नेपाल (फिन)ले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार चन्द्रप्रसाद ढकालको टीमलाई सहयोग गर्ने भएको छ। 
 |  शनिबार, मंसिर ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ६, २०७७

काठमाडौं– निर्यात व्यवसायी महासंघ नेपाल (फिन)ले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार चन्द्रप्रसाद ढकालको टीमलाई सहयोग गर्ने भएको छ। 

निर्यातजन्य उद्योग व्यवसायको क्षेत्रमा सक्रिय वस्तुगत संघहरुले स्थापना गरेको निर्यात व्यवसायी महासंघ नेपालले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र सो टीमका वस्तुगततर्फका सदस्यका उम्मेदवारहरुलाई स्वागत तथा शुभकामना दिँदै सो टीमलाई खुला रुपमा सहयोग गर्ने उद्घोष गरेको हो। 

महासंघले आज काठमाडौंमा चन्द्र ढकाल टीमलाई स्वागत तथा जितको अग्रिम शुभकामना दिँदै उक्त फिन अन्तर्गतका ११ ओटा वस्तुगत संघका अध्यक्षहरुले खुला रुपमा उक्त टीमलाई मतदान गर्ने उद्घोष गरेको हो। 

स्वागत तथा शुभकामना कार्यक्रममा निर्यात व्यवसायी एवम् फिनका अध्यक्ष तथा प्रदेश सांसद रामबहादुर गुरुङले महासंघमा वस्तुगत सदस्यहरुको हितका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको टीमलाई जिताउनु पर्ने बताए।

कार्यक्रममा फिन अन्तर्गत रहेका वस्तुगत संघका अध्यक्षहरुले स्वतः अध्यक्ष भैसकेका व्यक्तिले एउटा टिमको नाममा महासंघभित्र कार्टेलिङ गरेको भन्दै त्यसलाई तोड्न पनि ढकाल प्यानललाई भोट दिनुपर्ने बाध्यता रहेको बताएका छन् । 

फिनमा निर्यात क्षेत्रका कार्यरत ११ ओटा वस्तुगत संस्थाहरु रहेका छन् । जसमा नेपाल गलैचा निर्यात संघ, गार्मेण्ट एशोसिएशन, नेपाल पश्मिना उद्योग संघ, नेपाल हातेकागज संघ, नेपाल हब्र्स एण्ड हर्बल उत्पादक संघ, स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल, अलैची उत्पादक संघ, अदुवा प्रषोधन तथा व्यापार संघ, नेपाल बोटल वाटर उद्योग संघ र सिल्क एशोसिएशन रहेका छन् । 

कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले आफ्नो सुरुवाती व्यवसाय नै निर्यात क्षेत्रबाट सुरु गरेको जानकारी दिँदै आफू पनि फिन भित्रैकै एक सदस्यको रुपमा रहेकोले यस क्षेत्रको विकासका लागि काम गर्ने बताए।

साथै व्यवसायीक समस्या पहिचान गरी तत्काल समाधान गर्नका लागि स्केट होल्डर चाहिने भन्दै त्यसका लागि पनि आफ्नो टीमलाई जिताउन उनको आग्रह थियो । 
 

प्रकाशित: Nov 21, 2020| 01:35 शनिबार, मंसिर ६, २०७७
प्रतिक्रिया दिनुहोस्