सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विमानस्थल क्षमता विस्तारको लागि १७ अर्ब ७० करोड ऋण सहयोग

विमानस्थल क्षमता विस्तारको लागि १७ अर्ब ७० करोड ऋण सहयोग

एशियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न १७ अर्ब ७० करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ। 
 |  शुक्रबार, मंसिर ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ५, २०७७

काठमाडौं– एशियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न १७ अर्ब ७० करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ। 

एडीबीले उक्त रकम सहुलियत ऋणस्वरुप प्रदान गर्न शुक्रबार स्वीकृति दिएको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको हो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समानान्तर ‘ट्याक्सी वे’ र ‘ह्याङ्गर एप्रोन’ बनाउन तथा गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ‘टर्मिनल’ भवन निर्माणका साथै क्षमता बढाउन ऋण रकम स्वीकृत गरिएको बैंकले जनाएको छ। 

भैरहवामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउनुका साथै कोभिड–१९ का कारण थलिएको पर्यटन उद्योगलाई महामारीपछिको समयमा भरथेग गर्ने अपेक्षा बैंकले गरेको छ। 

यसैगरी परियोजना पूरा भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मौजुदा सुरक्षा व्यवस्था सुदृढ हुने एवं त्यसको प्रभावकारी सञ्चालन तथा सेवा प्रवाह क्षमतामा थप सुधार हुने विश्वास गरिएको छ। – रासस   
 

प्रकाशित: Nov 20, 2020| 11:00 शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्