काठमाडौं– निर्माण कार्य गर्नुअघि ग्राहकलाई सिमेन्टको प्रयोग पूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्य सहित रिद्धि सिद्धि सिमेन्टले “शिलान्यास रिद्धि सिद्धिसँग” नामक योजना ल्याएको छ।
योजना अन्तर्गत ग्राहकले कम्पनीसँग सम्पर्क गरी आफ्नो घर निर्माणमा प्रयोग हुने सिमेन्टको निःशुल्क परीक्षण गर्न सक्नेछन् ।
कम्पनीसँग सम्पर्क गरेपश्चात् कम्पनीका प्रतिनिधि निर्माणस्थलमै पुगी निर्माणस्थलको निरीक्षण गरी परीक्षण गराउन प्रयोगशालाका लागि नमुना संकलन गर्ने कम्पनीले जनाएको छ । सिमेन्टको वैज्ञानिक परीक्षणको शुल्क सुरुमा ग्राहकले नै स्वयम् भुक्तानी गर्नुपर्ने तर परीक्षणको रिपोर्ट नेपाल गुणस्तरले तोकेको मापदण्ड अनुरुप नभएमा सो परीक्षण शुल्क फिर्ता गरिने छ ।
नेपाल गुणस्तरले तोकेको मापदण्ड अनुरुप भएमा पहिलो ढलानको लागि खरिद गरिएको सिमेन्टको बिलमा परीक्षण शुल्क घटाइने कम्पनीले जानकारी दिएको छ । यसका लागि न्यूनतम १०० बोरा खरिद गरिएको हुनुपर्नेछ ।
योजनाको लाभ उठाउन ग्राहकवर्गले कम्पनीको निःशुल्क टोल फ्री नम्बर १६६००११२४४४ वा ९८०१५७२११२ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।
यो योजना प्रथम ५०० जागरुक उपभोक्तालाई लक्षित गरिएको छ र मङ्सिर महिना भरिको लागि लागु हुनेछ । योजना हाललाई काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की जिल्लामा मात्र लागू गरिएको कम्पनीले जनाएको छ ।