सोमबार, भदौ २९, २०८३

सेञ्चुरी कमर्सियल बैंकको अनलाइन एकाउन्ट सेवा

कोभिड–१९ का कारण बैंकका सेवाग्राहीलाई पर्न गएको विभिन्न बैंकिङ समस्याको समाधानको निम्ति सेञ्चुरी कमर्सियल बैंकले डिजिटल बैंकिङलाई अझै सहज बनाउने प्रयास स्वरुप सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लीक एकाउन्ट सेवा सुरू गरेको छ। 
 |  शुक्रबार, मंसिर ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ५, २०७७

काठमाडौं– कोभिड–१९ का कारण बैंकका सेवाग्राहीलाई पर्न गएको विभिन्न बैंकिङ समस्याको समाधानको निम्ति सेञ्चुरी कमर्सियल बैंकले डिजिटल बैंकिङलाई अझै सहज बनाउने प्रयास स्वरुप सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लीक एकाउन्ट सेवा सुरू गरेको छ। 

ग्राहकले घरमै बसेर शून्य मौज्दातमा खोल्न सक्ने ती खातामा बैंकले वार्षिक ५.५० प्रतिशत त्रैमासिक ब्याज भुक्तानी गर्नेछ। 

बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरु डिजिटल्ली खुल्ने र ग्राहकहरु बैंकमा उपस्थित हुन नपर्ने हुँदा डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै उक्त बचत खाताहरुमा प्रवर्धनको निम्ति बढी ब्याजदर दिइएको बैंकले बताएको छ।

सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी सेन्चुरी पेमार्फत वालेटको कारोबार समेत गर्न सक्नेछन् ।

यस नयाँ सेवा मार्फत ग्राहकवर्गहरुले विभिन्न डिजिटल माध्यमबाट प्रतिदिन रु. ५,००० बराबर क्यासलेस कारोबार गर्न सक्नेछन् । उक्त खातामा वार्षिक रु. १,००,००० सम्म कारोवार गर्न सकिनेछ ।        

सेञ्चुरी क्लीक एकाउन्ट मा नयाँ ग्राहकले अनलाइन बाटै खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ । उक्त खातामा वार्षिक रु. १५,००,००० सम्म कारोवार समेत गर्न सकिनेछ । विशेष गरी विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरि बैंकले यो खाता संचालनमा ल्याएको हो । 

उक्त खाताहरु खोल्दा आवश्यक भेरिफिकेसन कोड बैंकले आधिकारिक मोबाइलमा वा ईमेलमा उपलब्ध गराउने र सहजै खाता खोल्न र संचालन गर्न सकिनेछ । 
 

प्रकाशित: Nov 20, 2020| 08:37 शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्