सोमबार, भदौ २९, २०८३

प्रतितोला ४०० रुपैयाँ घट्यो सुनको मूल्य 

शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। 
 |  शुक्रबार, मंसिर ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ५, २०७७

काठमाडौं– शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ९४ हजार कायम भएको छ। बिहीबार ९४ हजार ४०० मा कारोबार भएको थियो। 

तेजाबी सुनको मूल्य पनि तोलामा ४०० रुपैयाँले घटेको छ। बिहीबार ९३ हजार ९०० मा कारोबार भएको तेजाबी सुन आज ९३ हजार ५०० तोकिएको छ। 

चाँदी भने तोलामा ५ रुपैयाँ घटेर एक हजार २१० मा कारोबार भइरहेको छ। 

प्रकाशित: Nov 20, 2020| 05:16 शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्