सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ढकाल प्यानलका दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

ढकाल प्यानलका दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहबाट दुई जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। 
 |  बिहीबार, मंसिर ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०७७

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहबाट दुई जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। 

ढकाल समूहका उम्मेदवारमध्ये प्रदेश–१ बाट केन्द्रीय सदस्यमा राजेन्द्र राउत र एशोसियटतर्फबाट द्विराष्ट्रिय उद्योग वाणिज्य संघका सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भएका हुन्। 

बिहीबार उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने अन्तिम दिन हो। साँझ ५ बजेसम्म दुई पदमा ढकाल समूहका एकएक जनाको मात्र उम्मेदवारी परेपछि दुवैजना निर्विरोध भएका हुन्। 

मंसिर ११ देखि १३ सम्म काठमाडौंमा आयोजना हुने महासंघको ५४औं वार्षिक साधारणसभामा वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। 
 

प्रकाशित: Nov 19, 2020| 14:15 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्