मंगलबार, भदौ १६, २०८३

सुनको मूल्य तोलामा एक हजार बढ्यो 

सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ। 
 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

काठमाडौं– सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ। 

बिहीबार ९६ हजार २०० मा कारोबार भएको सुनको मूल्य आज ९७ हजार २०० कायम भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा एक हजारले वृद्धि भएको छ। 

बिहीबार ९५ हजार ७०० रहेको तेजाबी सुनको मूल्य आज ९६ हजार ७०० तोकिएको छ। 

त्यस्तै चाँदीको मूल्य ४५ रुपैयाँ बढेको छ। बिहीबार एक हजार २१० मा कारोबार भएको चाँदी आज एक हजार २५५ मा कारोबार भइरहेको छ। 

प्रकाशित: Nov 06, 2020| 05:57 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्