सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • १७ अर्बको आईपीओ आउँदै, सबैभन्दा बढी इन्फ्रास्ट्रक्चर बैंककाे

१७ अर्बको आईपीओ आउँदै, सबैभन्दा बढी इन्फ्रास्ट्रक्चर बैंककाे

२४ वटा कम्पनीको साढे १७ अर्ब रुपैयाँबराबरको प्राथमिक सेयर (आईपीओ) जारी हुने भएको छ।
 |  शुक्रबार, कात्तिक १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १४, २०७७

काठमाडौं– विभिन्न २४ वटा कम्पनीको साढे १७ अर्ब रुपैयाँबराबरको प्राथमिक सेयर (आईपीओ) जारी हुने भएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार हाल सेबोनमा १५ वटा कम्पनीले आईपीओका लागि दरखास्त दिएका छन्। बाँकी ९ कम्पनी पनि छिट्टै आईपीओ जारी गर्नुपर्ने भएकोले तयारी गरिरहेका छन्। 

सेबोनमा आवेदन दिएका १५ कम्पनीले आवेदन स्वीकृत हुनेबित्तिकै ४ अर्ब ४५ करोड ५५ लाख २८ हजार रुपैयाँबराबरको सेयर निष्कासन गर्नेछन्। त्यसैगरी ८ वटा जीवन बिमा कम्पनी र इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकले गरी करिब १३ अर्ब ५ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरिरहेका छन्। 

सामान्यतयाः सेबोनबाट स्वीकृति पाएको दुई महिनाभित्रमा कम्पनीले आईपीओ जारी गरिसक्नुपर्ने हुन्छ। बोर्डमा आईपीओ निष्कासनका लागि निवेदन दिएका मध्ये धेरैजसो जलविद्युत्का छन्। हाल सेयर निष्कासन अनुमति प्रक्रियामा रहेका जलविद्युत् कम्पनीमध्ये प्रायजसोले स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको बोर्डले जनाएको छ।

९ वटा कम्पनी भने सेबोनमा आईपीओ जारी गर्नका लागि आवेदन दिने तयारीमा छन्। ८ वटा जीवन बिमा कम्पनीले चुक्ता पुँजी दुई अर्ब पुर्याउनुपर्ने र ३० प्रतिशत सेयर सर्वसाधारणका लागि अनिवार्य रुपमा जारी गर्नुपर्ने भएपछि आईपीओ जारी गर्न लागेका हुन्।

आईपीओ जारी गर्न बाँकी आठ कम्पनीमा रिलायबल लाइफ, महालक्ष्मी लाइफ, सानिमा लाइफ, आइएमई लाइफ, सिटिजन्स लाइफ, ज्योति लाइफ, युनियन लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्स छन्। यी कम्पनीहरुले पाँच अर्ब पाँच करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न बाँकी छ।

त्यस्तै आईपीओ जारी गर्ने अर्को ठूलो कम्पनी हो नेपाल इन्फ्राइन्ट्रक्चर बैंक। सो कम्पनीले ८ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको छ। यो अहिलेसम्म जारी आईपीओमध्येकै सबैभन्दा ठूलो हो।

सरकारले विभिन्न समयमा ऋणपत्र जारी गरी बजारबाट पैसा उठाइरहेको छ भने ठूला कम्पनीहरुले आईपीओ जारी गरिरहेका छन्। यस्तो अवस्थामा सर्वसाधारणसँग पर्याप्त रकम नभई आईपीओमा पैसा नै नहुने हो कि भन्ने चिन्ता बैंकसँग छ।

-यसअघि प्रकाशित समाचारमा केही त्रुटि भएकाले सच्याइएकाे छ। स‌ं‍‍.

प्रकाशित: Oct 30, 2020| 08:46 शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्