काठमाडौं- पेन्सन खाता आगामी मंसिरसम्म नवीकरण गर्नु नपर्ने भएको छ।
सरकारले प्रत्येक ६/६ महिनामा अद्यावधिक गर्नुपर्ने पेन्सनवालाहरुको खाता मंरिसम्मको लागि नवीकरण नगरे पनि पैसा पठाउन सकिने व्यवस्था गरेपछि खाता नवीकरण नगरे पनि हुने भएको हो।
कोरोनाका कारण पेन्सनवालाहरु विकट ठाउँबाट बैंकसम्म आउन नसक्ने तथा उनीहरु बैंकसम्म आउदा भिडभाड बढी भई कोरोना लिएर फर्कन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले केही समयका लागि नविकरण नगर्दा पनि खातामा रकम जाने व्यवस्था गरेको हो।
खाता नवीकरण नभएका पेन्सनरहरुलाई पनि नियमित रकम जम्मा गरिदिन महालेखा नियन्त्रकको कार्यालयले बैंकलाई आग्रह गरेको छ।
कानुनतः सरकारको संचितकोषबाट स्वीकृत बजेटको परिधिभित्र रहेर सरकारी सेवाबाट निवृत्त भई पेन्सन लिइरहेका व्यक्ति आफैं बैंकमा उपस्थित भई बैंक खाता सक्रिय गर्नुपर्ने व्यवस्था छ।
तर कोरोनाको कारण सरकारले यो व्यवस्थालाई थोरै परिमार्जन गरी पेन्सनवालाहरुको हितका लागि नविकरणका लागि समय थपेको हो।