सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • होङ्सी सिमेन्टमा बिजुली लैजान ५ हजार ६०० रुख काटिंदै 

होङ्सी सिमेन्टमा बिजुली लैजान ५ हजार ६०० रुख काटिंदै 

चिनियाँ लगानीको होङ्सी सिमेन्ट उद्योगमा बिजुली पु¥याउन ५ हजार ६०० रुख कटान गर्नुपर्ने भएको छ।
 |  शुक्रबार, कात्तिक १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १४, २०७७

काठमाडौं– चिनियाँ लगानीको होङ्सी सिमेन्ट उद्योगमा बिजुली पु¥याउन ५ हजार ६०० रुख कटान गर्नुपर्ने भएको छ। 

नवलपरासीको बर्दघाटदेखि सर्दीसम्म १३२ केभीए प्रसारण लाइन निर्माणका लागि रूख कटान गर्नुपर्ने भएको हो। 

वन मन्त्रालयले विद्युत् प्रसारण लाइन निर्माण क्षेत्रमा रूख काट्ने अनुमति दिइसकेको छ।

नवलपरासी पूर्वको विनयीत्रिवेणी गाउँपालिका–२ सर्दीमा हाङ्सी सिमेन्टको कारखाना छ। प्रसारण लाइनको लागि बर्दघाट सबस्टेसनदेखि दाउन्ने, दुम्कीबास हुँदै सर्दीका रुख कटान हुने छन्। 

३६ अर्ब रुपैयाँ लगानीमा निर्माणाधिन नेपालको सबैभन्दा ठूलो उक्त सिमेन्ट उद्योगका लागि आवश्यक विद्युत् सरकारले दिनुपर्ने सहमति थियो। सोहीअनुसार १३२ केभीए प्रसारण लाइनको निर्माण भइरहेको छ।

उद्योगको दैनिक उत्पादन क्षमता १२ हजार टन छ। 

प्रसारण लाइन निर्माणको लागि सरकारले ४५ करोड रुपैयाँ विनियोजन गरेको छ। प्रसारण लाइनमा ६६ वटा टावर निर्माण हुनेछन्। 

वैदेशिक लगानीका ठूला उद्योगमा विद्युत्, पानी, सडक र सुरक्षा नेपाल सरकारले दिनुपर्ने व्यवस्था छ।
 

प्रकाशित: Oct 30, 2020| 05:47 शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्