सोमबार, भदौ १५, २०८३

सौराहाका पर्यटन व्यवसायीलाई हात्ती पाल्न सकस

एउटा हात्तीको मूल्य ८० लाख रुपैयाँसम्म पर्ने व्यवसायी बताउँछन्। एउटा हात्तीले एक दिनमा २० किलो धान, २ किलो चना र सखर, एक किलो नुन र परालको कुची खान्छ।
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

चितवन-  कोरोना महामारीका कारण लामो समयदेखि पर्यटन क्षेत्र ठप्प हुँदा सौराहाका व्यवसायी संकटमा छन्। होटलहरु चलेका छैनन्।

जंगल सफारी सुनसान छ भने पर्यटकको चहलपल छैन। यसले गर्दा कतिपय व्यवसायी संकटमा परेका छन्। यस्तै चुनौती सामना गरिरहेको एउटा व्यवसाय हो हात्ती पालन।

सौराहा घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटक दुर्लभ एक सिङे गैंडालगायतका वन्यजन्तु अवलोकन गर्न हात्ती सफारी गर्छन्। 

पर्यटकलाई जंगल घुमाएर मनोरञ्जन दिलाउने हात्ती भने संकटमा पर्न थालेका छन्। ऋणको भार थपिदै जाँदा हात्ती पाल्न कठिन हुन थालेपछि कतिपय व्यवसायीले हात्ती बिक्री गरिसकेका छन् भने कतिपले भाडामा ल्याएका हात्तीलाई भारततर्फ नै फिर्ता पठाउन थालेका छन्। एउटा हात्तीको मूल्य ८० लाख रुपैयाँसम्म पर्ने व्यवसायी बताउँछन्।

एउटा हात्तीले एक दिनमा २० किलो धान, २ किलो चना र सखर, एक किलो नुन र परालको कुची खान्छ। 

हात्ती रेखदेखका लागि एक जना माहुते अनिवार्य हुन्छ। यी सबै गर्दा एउटा हात्ती पाल्न दैनिक तीन हजारभन्दा बढी खर्च हुने सौराहाका पर्यटन व्यवसायी ज्ञानेन्द्र विष्ट बताउँछन् ।

उनका  अनुसार  कोरोना महामारीका कारण पर्यटक नआउँदा हात्ती पाल्न निकै कठिन भएको छ। 

एउटा हात्तीलाई अब सफारीकै भरमा पाल्ने कि अरु उपाय अपनाउने भन्नेतर्फ सोच्न व्यवसायीलाई बाध्य बनाएको छ। हात्ती पाल्ने व्यवसायीको साझा संस्था युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले हात्तीलाई विस्थापित हुनबाट जोगाउन सेञ्चुरियन मोडेलको अवधारणा ल्याउने तयारी गरिरहेको छ। 

युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीका अनुसरा लकडाउन हुनुअघि सौराहामा सहकारीमा आबद्ध ५५ वटा हात्ती थिए। अहिले  ४३ वटामा छन्।

कतिपयले हात्ती बिक्री गरे भने कतिपयले भाडामा ल्याएको हात्ती फिर्ता गरेका छन्। सौराहामा धेरैजसो होटल व्यवसायीले नै हात्ती पाल्दै आएका छन् । 
 

प्रकाशित: Oct 29, 2020| 14:36 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्