काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) झिनो अंकले घटेको छ।
१.७८ अंकले घटेको बजार १६४५.६७ अंकमा पुगेर रोकिएको हो। आज सेन्सेटिभ इन्डेक्स ०.२७ अंकले बढेर ३२८.०४ अंकमा पुगेको छ।
आज १९२ कम्पनीको १ करोड ३ लाख सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३ करोड ७६ लाख बराबरको कारोबार भएको छ। बुधबार ४१ अंकले बढ्दा २ अर्ब ७२ करोड ५९ लाखको कारोबार भएको थियो।
बिहीबार व्यापार समूहको उपसूचक १४.९५, जलविद्युत् ६.७५, निर्जिवन बिमा ३९.८९, अन्य ५.८३, माइक्रोफाइनान्स १२.७४ र बिमा ८.८६ अंकले बढेको छ।
त्यसैगरी बैंकिङ ६.२७, होटल १५.४२, विकास बैंक १६.८२, फाइनान्स २.६२, उत्पादन ३४.८५ र म्युचुअल फण्ड ०.१ अंकले घटेको छ।
आज शिवश्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले बढी गुमाएका छन्।