सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बढ्यो अटो बजार, असोजमा मात्र ३७ हजार मोटरसाइकल भित्रिए 

बढ्यो अटो बजार, असोजमा मात्र ३७ हजार मोटरसाइकल भित्रिए 

लामो लकडाउन खुलेसँगै अटो बजारमा उत्साह देखिएको छ। 
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

काठमाडौं– लामो लकडाउन खुलेसँगै अटो बजारमा उत्साह देखिएको छ। 

लकडाउनले शिथिल बनेको अटो बजार दसैं तिहारजस्ता ठूला चाडबाडको आडमा अस्वभाविक रुपमा बढेको हो। 

असोज महिनामा मात्रै २५० सीसीसम्मका ३६ हजार ६६४ वटा मोटरसाइकल आयात भएको भन्सार विभागको तथ्यांक छ। 

गत वर्षको असोजमा २५० सीसीसम्मका २८ हजार ३०० मोटरसाइकल आयात भएका थिए। 

त्यस्तै २५० देखि एक हजार सीसीसम्मको ५०५ वटा मोटरसाइकल आयात भएका छन्। 

चालु आर्थिक वर्षको पहिलो र दोस्रो महिनामा २५० सीसीसम्मका १५ हजार २६४ वटा मोटरसाइकल भित्रिएका थिए। 

असोज महिनामा गाडीको आयात पनि बढेको छ। एक हजारदेखि १५ सय सीसीसम्मका गाडी १४ सय ५४ वटा आयात भएको भन्सार विभागको तथ्यांक छ।

सोही सीसी बराबर साउन र भदौ महिनामा ८५४ वटा मात्र गाडी आयात भएको देखिन्छ। 

चालु आर्थिक वर्षको तीन महिनामा १५ सयदेखि २५ सय सीसीसम्मका गाडी भने १११ वटा मात्र आयात भएका छन्। 

यही अवधिका २ हजार ५४९ वटा ट्याक्टर, २ हजार सीसीसम्मका पिकअप भ्यान ५०१ र २२० वटा ट्रक तथा बस आयात भएको भन्सार विभागले जनाएको छ।
 

प्रकाशित: Oct 29, 2020| 08:29 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्