सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बन्यो निर्देशिका, धान बिक्री गरेको १५ दिनभित्र किसानले भुक्तानी पाउने 

बन्यो निर्देशिका, धान बिक्री गरेको १५ दिनभित्र किसानले भुक्तानी पाउने 

धान बिक्री गरेको १५ दिनभित्र किसानले भुक्तानी पाउने भएका छन्। 
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

काठमाडौं– धान बिक्री गरेको १५ दिनभित्र किसानले भुक्तानी पाउने भएका छन्। 

‘न्यूनतम समर्थन मूल्यमा धान खरिद र बिक्री गर्ने निर्देशिका’मा किसानबाट धान खरिद गरेको बढीमा १५ दिनभित्रै भुक्तानी गरिसक्नु पर्ने उल्लेख गरिएको हो। 

किसानलाई पैसा नतिरेसम्म सहकारीले अनुदान नपाउने व्यवस्था निर्देशिकामा गरिएको छ।

निर्देशिका अनुसार किनेको धानको परिमाण र किसानलाई बैंक खातामा पैसा भुक्तानी गरेको विवरण कृषि कार्यालयमा बुझाएपछि मात्रै परियोजना कार्यान्वयन इकाईले सहकारीलाई अनुदान दिने छ।

यसरी प्रक्रिया पूरा गरेर किसानसँग धान खरिद गर्ने सहकारीले प्रतिक्वीन्टल ११२ रुपैयाँ अनुदान पाउने छन्।

सरकारले तोकेको मूल्यमा धान खरिद गर्न चाहने सहकारीले जिल्ला कृषि कार्यालय वा परियोजना कार्यान्वयन इकाईमा आवेदन दिनुपर्नेछ।

एक सिजनमा एक सहकारीले बढीमा पाँच हजार मेट्रिक टनसम्म धान खरिद गर्न सक्नेछ। 
 

प्रकाशित: Oct 29, 2020| 06:51 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्