सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बढ्यो आन्तरिक पर्यटकको चहलपहल, होटलको अकुपेन्सी २० प्रतिशत 

बढ्यो आन्तरिक पर्यटकको चहलपहल, होटलको अकुपेन्सी २० प्रतिशत 

दसैं बिदामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। 
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

काठमाडौं– दसैं बिदामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। 

होटल संघ नेपाल (हान)का अनुसार आन्तरिक पर्यटकको चहलपहल बढेसँगै खुलेका होटलको अकुपेन्स २० प्रतिशत पुगेको हो।  

पोखरा, सौराहा, लुम्बिनीलगायत पर्यटकीय गन्तव्यका होटलमा २० प्रतिशत अकुपेन्सी पुगेको हानले जनाएको छ। यी स्थानमा दसैं टीकाको दिनपछि चहलपहल बढेको हो। 

क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरे टीकापछि सौराहा  घुम्ने र त्यही दिन फर्किनेको संख्या बढी भएको बताउँछन्।

उनी भन्छन्, ‘आउने र सोही दिन फर्किनेको संख्या उत्साहजनक छ। यसले रेष्टुरेन्टको कारोबार पनि बढाएको छ।’ 

काठमाडौंका केही होटलको पनि अकुपेन्सी सन्तोषजनक रहेको बताइएको छ। स्वास्थ्य मापदण्ड पालना गरेर देशभरका होटलले ५० प्रतिशत मात्रै कोठा सञ्चालनमा ल्याएका छन्। 

कोरोना भाइरस संक्रमण र लकडाउनको कारण करिब ७ महिनापछि खुलेका होटलको अकुपेन्सी सन्तोषजनक हुनु सकारात्मक भएको हानको भनाइ छ। 
 

प्रकाशित: Oct 29, 2020| 06:10 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्