सोमबार, भदौ १५, २०८३

सुनको भाउ तोलामा एक हजार सस्तो

नेपाली बजारमा सुनको भाउ थोरै सस्तो भएको छ। दसैंपछि खुलेको बजारमा सुन तोलामा एक हजार रुपैयाँ घटेको हो। 
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

काठमाडौं- नेपाली बजारमा सुनको भाउ थोरै सस्तो भएको छ। दसैंपछि खुलेको बजारमा सुन तोलामा एक हजार रुपैयाँ घटेको हो। 

आज बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ तोकिएको छ।

यसअघि कात्तिक ६ गते सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। त्यसपछि आजमात्रै नयाँ मूल्य तोकिएको हो। तेजावी सुन भने आज तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी महासंघले जनाएको छ।
 

प्रकाशित: Oct 29, 2020| 05:27 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्