सोमबार, भदौ १५, २०८३

कालीगण्डकीको खोेंचमा  बन्जीजम्प सञ्चालन हुँदै 

कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कात्तिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ ।
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

बागलुङ- कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कात्तिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ ।

पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने पाँच सय मिटर पुलमा बन्जी, स्वीङ र स्काइ साइक्लिङलगायत साहसिक खेल सञ्चालन हुने भएको हो। 

०७३ सालदेखि पुलको निर्माण सुरु गरिएको थियो। यसअघि पुलसँगै रिसोर्टको निर्माण ०७६ अन्तिममा सकिए पनि लकडाउनले गर्दा सञ्चालनमा आउन नसकेको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए।

५२५ मिटर लामो झोलुङ्गे पुलको बीचमा कालीगण्डकी नदीको ठिक माथि बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ। खोलादेखि पुलको उचाई २२८ मिटर अर्थात ७४८ फिट छ। 

हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाइ र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाइमा छ। द क्लिफ प्रालिको यो परियोजनापछि स्विटरल्याण्डलाई पछि पार्दै यसले विश्वकै दोस्रो अग्लो बन्जीका रुपमा आफूलाई स्थापित गर्ने दावी गरिएको छ।  यहाँको स्वीङ विश्वकै अग्लो बनेको अध्यक्ष कार्कीले बताए। 

बन्जी र स्वीङ दुबैको मूल्य सात हजार तोकिएको छ। पोखरादेखि कुश्माको दुईतर्फी गाडीको सुबिधासहित बन्जी वा स्वीङको ८ हजार ४५० रुपैयाँ तोकिएको छ। 

टेण्डम (जोडी) स्वीङको १२ हजार छ। गुलेली शैलीको पिङ बन्जीका लागि निर्माण भएको पुलको उचाइ २२८ मिटर छ। त्यसभन्दा माथि बनाइएको पिङको उचाइ नदीबाट २४८ मिटर छ। 

यसको परिकल्पनाकार राजु कार्की र फोलोरेन्स कार्की हुन्। रिसोर्टसहित २० करोड लगानी रहेको यो पुलले बाग्लुङको पर्यटनमा धेरै परिवर्तन ल्याउने विश्वास छ ।

एसियाकै अग्लो स्थानबाट बन्जीजम्प, प्राकृतिक सुन्दरता र कालीगण्डकी खोँचको सुन्दर दृश्य यहाँ देख्न पाइने संचालकको भनाइ छ।  

प्रकाशित: Oct 29, 2020| 03:59 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्