सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सेयर बजारमा उछाल, परिसूचक ४१ अंकले बढ्दा पौने तीन अर्बको कारोबार 

सेयर बजारमा उछाल, परिसूचक ४१ अंकले बढ्दा पौने तीन अर्बको कारोबार 

काठमाडौं– बुधबार सेयर बजार परिसूचक (नेप्से) ४१.२ अंकले बढेको छ। 
 |  बुधबार, कात्तिक १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १२, २०७७

काठमाडौं– बुधबार सेयर बजार परिसूचक (नेप्से) ४१.२ अंकले बढेको छ। 

बढेको बजार १६४७.४५ अंकमा पुगेर रोकिएको हो। आज सेन्सेटिभ इन्डेक्स ९.२१ अंकले बढेर ३२७.७६ अंकमा पुगेको छ। 

आज १८८ कम्पनीको ९३ लाख २२ हजार सेयर खरिदबिक्री हुँदा २ अर्ब ७२ करोड ५९ लाख बराबरको कारोबार भएको छ। 

व्यापार बाहेक सबै समूहका उपसूचकहरू बढेका छन्। व्यापार समूहको उपसूचक ८.८३ अंकले घटेको छ भने बैंकिङ ५५.१५, होटल ३२.८५, विकास बैंक ६०.९७, जलविद्युत् ३.८६, फाइनान्स १३.३८ अंकले बढेको छ। 

त्यसैगरी निर्जिवन बिमा ४७.०७, उत्पादन २०.८८, अन्य १४.५७, माइक्रोफाइनान्स २५.१९, बिमा ११०.६८ र म्युचुअल फण्ड ०.१३ अंकले बढेको छ। 

आज प्राइम कमर्सियल बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने पञ्चकन्या माई हाइडोपावर कम्पनीका लगानीकर्ताले बढी गुमाएका छन्। 
    
 

प्रकाशित: Oct 28, 2020| 10:08 बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्