काठमाडौं– नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) मार्फत दसैंको पाँच दिनमा मात्रै ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
दसैं बिदाको पाँच दिनमा ७५ हजार पटक कारोबार हुँदा ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको हो।
यो कनेक्ट आइपीएसमार्फत भएको भुक्तानी हो। कात्तिक ७ देखि ११ गतेसम्म दसैं बिदा थियो।
एनसीएचएलका अनुसार पहिलो दिन १५ हजार, दोस्रो दिन २३ हजार, तेस्रो दिन १३ हजार, चौथो दिन ११ हजार र पाँचौं दिन १० हजार ५०० पटक कारोबार भएको छ।
कारोबार रकम र संख्या दुवै अहिलेसम्मकै बढी भएको कम्पनीले जनाएको छ।
डिजिटल दक्षिणा स्किमका साथै कोरोना महामारीले अनलाइन कारोबार बढाएको एनसीएचएलले जनाएको छ।