बिहीबार, पुस ३, २०८२

खोकनामा सिकाली जात्राको रौनक (फोटोफिचर)

खोकनामा घटनास्थापनादेखि मनाइने सिकाली जात्राअन्तर्गत आज यहाँका गुठीसँग सम्बन्धित केही मानिसले धमाधम होमका साथै पूजा गरेका हुन्। 
 |  बिहीबार, कात्तिक ६, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, कात्तिक ६, २०७७

ललितपुर महानगरपालिका वडा नं २१ खोकनास्थित सिकाली चौरमा तान्त्रिक विधिबाट होम र पूजा भइरहेको छ।

National life

खोकनामा घटनास्थापनादेखि मनाइने सिकाली जात्राअन्तर्गत आज यहाँका गुठीसँग सम्बन्धित केही मानिसले धमाधम होमका साथै पूजा गरेका हुन्। 

सिकाली चौरमा तन्त्रमन्त्र गरेर होमका साथै सिकाली अनि रुद्रायणी देवीको पूजा भइरहेको रुद्रायणी गुठीका सदस्य बेखनर महर्जनले बताए। उनले भने, “मुलुकमा दिनानुदिन बढिरहेको कोरोना महामारीका कारण यस वर्ष परम्परा मात्र धान्ने काम गरिरहेका छौं। खोकनामा रहेका देवता खलका मानिसमध्ये १४ जना विभिन्न देवीदेवताको मुकुट लगाएर यज्ञमा उपस्थित भइसकेका छन्।” 

मुलुककै राष्ट्रिय पर्व यसमा विभिन्न देवताका नाचका साथै महायज्ञ र भात छर्ने परम्परासमेत हुने महर्जनले जानकारी दिए। मुलुकमा जस्तै ठूलो सङ्कट या महामारी आए पनि सिकाली जात्रा रोक्न हुन्न भन्ने मान्यतानुरुप गुठीमा सम्बन्धित सीमित मानिस मात्र सिकाली चौरमा उपस्थित भएर परम्परालाई अघि बढाइरहेको वडाध्यक्ष रवीन्द्र महर्जनले बताए। यहाँ बुधबार खटजात्रा सम्पन्न भइसकेको छ। 

यस क्षेत्रमा मनाइने सिकाली जात्रा र खोकना नाचका लागि घटस्थापनाका दिनदेखि केही कुमारले घरघर डुलेर पूजा सामग्री सङ्कलन गर्ने चलन  रहेको महर्जनले जानकारी गराए। 

Laxmi sunrise bank
kumari

खोकना बाहिरको चौरमा चोसो राँगो काटेपछि जात्रा शुरु हुने मान्यता छ। शुक्रबार भने सिकाली चौरमा खोकना नाच हुने छ। खोकनामा मनाइने जात्रा र नाचमा विशेष गरेर गणेश, महालक्ष्मी, भैरव, शक्ति, रुद्रायणी, ब्रह्मा, महादेव आदि देवीदेताका पूजा गरिन्छ।

विगत वर्षमा घटस्थापनादेखि नवमीका दिनसम्म मनाइने सो जात्रा यस वर्ष भने केही विधिमात्र गरेर परम्परा धानिने बताइएको छ।

 

प्रकाशित: Oct 22, 2020| 07:16 बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।