आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दसैंमा बढ्यो आयात, तीन महिनामा २ खर्ब ६१ करोड व्यापार घाटा

दसैंमा बढ्यो आयात, तीन महिनामा २ खर्ब ६१ करोड व्यापार घाटा

दसैं तिहारलगायत ठूला चाडबाड नजिकिएसँगै आयात बढेको छ। 
 |  मंगलबार, कात्तिक ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ४, २०७७

काठमाडौं– दसैं तिहारलगायत ठूला चाडबाड नजिकिएसँगै आयात बढेको छ। 

असोज महिनामा मात्र १ खर्ब १३ अर्ब रुपैयाँको सामान आयात भएको हो। 

भन्सार विभागका अनुसार साउनमा ८५ अर्ब र भदौमा ९३ अर्ब बराबरको सामग्री आयात भएको थियो। 

त्यस्तै साउन महिनामा ९ अर्ब ६२ करोड बराबरको निर्यात भएकोमा भदौमा १० अर्ब ५२ करोड र असोज महिनामा १० अर्ब ६० करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ। 

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापार घाटा १५.१३ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ। 

पहिलो तीन महिनामा व्यापार घाटा २ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ छ। गत वर्षको सोही अवधिमा ३ खर्ब ७७ अर्ब रुपैयाँ व्यापार घाटा रहेको भन्सार विभागको तथ्यांक छ। 

त्यस्तै पहिलो तीन महिनामा आयात २ खर्ब ९२ अर्ब २६ लाख रुपैयाँ पुगेको छ भने निर्यात ३१ अर्ब ४ करोड रुपैयाँमा सिमित भएको विभागले जनाएको छ। 


 

प्रकाशित: Oct 20, 2020| 10:09 मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्