आइतबार, भदौ १४, २०८३

दोहोरो अंकले बढ्यो नेप्से

मंगलबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ। 
 |  मंगलबार, कात्तिक ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ४, २०७७

काठमाडौं– मंगलबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ। 

१२.४७ अंकले बढेको नेप्से १५८२.८४ अंकमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स २.४ अंकले बढेर ३१३.२९ विन्दुमा पुगेको छ। 

आज १९३ कम्पनीको ४९ लाख १३ हजार सेयर खरिदबिक्री हुँदा १ अर्ब २४ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

आज सबै समूहको उपसूचक उकालो लागेको छ। बैंकिङ समूहको उपसूचक ७.३५, व्यापार ५.०७, होटल १५.८५, विकास बैंक १९.८२, जलविद्युत् २६.७९ अंकले बढेको छ।

त्यस्तै फाइनान्स ३.८२, निर्जिवन बिमा ५३.३५, उत्पादन २४.२६, अन्य ११.०५, माइक्रोफाइनान्स १५.४१, बिमा ७३.२५ र म्युचुअल फण्ड ०.११ अंकले बढेको छ। 

आज जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले बढी गुमाएका छन्। 

प्रकाशित: Oct 20, 2020| 09:31 मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्