आइतबार, भदौ १४, २०८३

मेगा बैंकको डिजिटल दक्षिणा : ‘तीनमा तीन सय’ रुपैयाँ

 |  मंगलबार, कात्तिक ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ४, २०७७

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले दसैंमा दक्षिणा दिनका लागि ‘तीनमा तीन सय’ नामक अफर ल्याएको छ। कोरोनाको असहज परिस्थितिमा नोटबिहीन बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले ल्याएको ‘डिजिटल दक्षिणा’ अफरमा दक्षिणा दिनेले पनि तीन सय रुपैयाँ पाउनेछन् ।

त्यसका लागि मेगा बैंकका ग्राहकले मेगा स्मार्ट बैंकिङ एप प्रयोग गरेर फोन पेमार्फत कुनै पनि बैंकको तीन वटा खातामा दक्षिणा स्वरुप रकम पठाउनुपर्नेछ । दक्षिणा बापत रकम पठाउनेको खातामा मेगा बैंकबाट ३ सय रुपैयाँ ‘क्यासब्याक’को व्यवस्था गरिएको छ । तर, रकम पठाउँदा विवरण (रिमार्क्स) मा ‘दक्षिणा’ भनी खुलाउन बैंकले अनुरोध गरेको छ । 

दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म रहने यो अफरमा ग्राहकले तीन वटा खातामा गरी न्यूनतम ५ सय रुपैयाँ दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने मेगा बैंकले जनाएको छ । 
 

प्रकाशित: Oct 20, 2020| 08:47 मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्